तस्कर र प्रहरीबीच झडप, तीन प्रहरी घाइते
बारा | पुस ३०, २०७९
बारा: तस्कर र प्रहरीबीच विवाद हुँदा प्रहरी सहायक निरीक्षकसहित दुई प्रहरी घाइते भएका छन् । सीमा प्रहरी चौकी छतवाबाट खटेका प्रहरी गस्ती टोलीले विश्रामपुर गाउँपालिका १ कल्याणपुर बोर्डर नजिकै भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको समान चेकजाँच गर्ने क्रममा शुक्रबार साँझ तस्करसँग सामान्य विवाद भएको थियो ।
विवाद पछि सोही ठाउँका ३६ वर्षीय मनोहर पटेल, धर्मेन्द्र पटेललगायतका स्थानीले प्रहरी सहायक निरीक्षक बिकरु मण्डल र प्रहरी हवलदार उमेश पण्डितलाई कुटपिट गर्दा उहाँहरू घाइते हुनुभएको बारा प्रहरीले जनाएका छन् ।
घाइते प्रहरीको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।
सो घटनापछि इलाका प्रहरी कार्यालय, प्रसौनी र प्रहरी चौकी मुसहर्वाबाट आएका थप प्रहरी टोलीले कुटपिट गर्ने मनोहर पटेल र धर्मेन्द्र पटेललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कलैया बारामा ल्याइएको तथा घटनामा संलग्न रहेका अन्य सहयोगीहरूको खोज तलास भइरहेको बारा प्रहरीले जनाएको छ ।
यसैगरी, प्रहरी चौकी कचोर्बाका प्रहरीमाथि भारतीय तस्करहरूले हातपात गरेका छन् । सिम्रौनगढ नगरपालिका ११ पिठुवास्थित बोर्डर नजिकै ड्युटीमा खटेका प्रहरीले पुस २७ गते साँझ ५ बजे भारतबाट भन्सार छलीगरी नेपालतर्फ ल्याउँदै गरेको समान चेकजाच गर्ने क्रममा सामान्य विवाद भएको थियो ।
सो घटनामा भारत बिहार राज्य मोतिहारी जिल्ला पुर्वीचम्पारण पुर्णहिया निवासी ४५ वर्षीय सन्दीप यादव र रौतहट जिल्ला बौद्धीमाई नगरपालिका ७ बस्ने ३३ वर्षीय कासिम देवानले समान तस्करी गर्ने नम्बर नखुलेका एउटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । साथै घटनामा संलग्न रहेकाको खोजतालस जारी रहेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

